सरकारले भन्यो- सन्दीपलाई भिसा दिने-नदिने अधिकार दूतावासको हो


काठमाडौँ – सरकारले क्रिकेट सन्दीप लामिछानेलाई भिसा दिने नदिने अधिकार नितान्त अमेरिकी दूतावासको भएको जानकारी दिएको छ।

सरकारकी प्रवक्ता रेखा शर्माले क्रिकेटर सन्दीप लामिछानेलाई सकारले पहल गरे पनि भिसा दिने नदिने अधिकार दूतावासको भएको बताएकी हुन् ।

परराष्ट्र मन्त्रालयले कूटनीतिक नोट पठाउँदासमेत अमेरिकी दूतावासले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो। गत बुधबार अन्तर्वार्ताका लागि दूतावासका पुगेका सन्दीपको दोस्रो पटक भिसा रिजेक्ट भएको थियो।

नेपाल क्रिकेट संघ (क्यान)ले पनि विज्ञप्ति जारी गरेर सरकार र आइसिसीले समेत समन्वय गर्दासमेत सन्दीपलाई अमेरिकी दूतावासले भिसा नदिएको स्पष्ट पारेको थियो।

प्रतिक्रिया