प्रधानमन्त्री प्रचण्ड-ओली र माधवबीच सिंहदरबारमा छलफल


काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

शुक्रबार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तीन नेताबीच भेटवार्ता भएको हो । भेटमा समसामयिक राजनीतिबारे छलफल भएको एमाले अध्यक्ष ओलीले जानकारी दिए ।

भेटवार्तापछि संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले भने, ‘समसामयिक परिस्थितिको बारेमा छलफल भएको हो ।’

भेटमा आइतवारबाट संसदमा शुरु हुने आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा बसेको प्रतिपक्ष दलहरूको बैठकमा नेपाल सहभागी भएको विषयमा पछि छलफल भएको बताइएको छ ।

नेकपा एमालेले सत्तारुढ दल भएर विपक्षी दलहरूको बैठकमा सहभागी भएको विषयलाई गम्भीरताका साथ लिएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ‘प्रचण्ड’ले भने अध्यक्ष नेपाल आफूसँग परामर्श गरेरै प्रतिपक्ष दलहरूको बैठकमा गएको बताएका छन् । माधव नेपालका कारण सत्ता गठबन्धनमा समस्या नआउने प्रधानमन्त्री ‘प्रचण्ड’को विश्वास छ ।

 

प्रतिक्रिया