पहिरोले थुनिएको तामाकोशीमा पानी बग्न थालेसंगै खतरा हट्यो


काठमाडौं–सुख्खा पहिरोले दोलखास्थित तामाकोशी नदी केही घण्टा थुनिएको ४ घण्टापछि पानी बग्न थालेको छ ।

पानी बग्न थालेसंगै जोखिम न्युन भएको छ । दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले लामाबगरभन्दा केही माथिसुख्खा पहिरो खसेको थियो ।
सुख्खा पहिरो भएको र अहिले हिमपात लगायतको सम्भावना नरहेकाले कुनै जोखिम नरहेको उनले बताए । पहिरोका कारण केही स्थानमा बाटो भने अवरुद्ध भएको प्रजिअ पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया