

माधव नेपाल शेरबहादुर देउवालाई भेट्न गएकाे जानकारी थियाे : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं- प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्तासमीकरणमा कुनै समस्या नरहेको बताएका छन् ।
माओवादी केन्द्रको संसदीय दलको बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न गएकाे कुरा उठेपछि उनले यस्ताे जवाफ दिएका हुन् ।
उनले सत्तासमीकरणमा सल्लाह भएर नै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल बुढानिलकण्ठ गएको बताए । ‘उहाँ सोधेरै जानुभएको हो’ प्रचण्डको भनाइ उदृत गर्दै एक सांसदले भने, ‘माधवजीहरू हामीसँगै हुनुहुन्छ, गठबन्धन पनि तलमाथि हुन्न ।’

