विश्वकपमा भारत-पाकिस्तानबिचको खेलमा आतंककारी हमलाको धम्की !


काठमाडौं- आईसीसी टी–२० विश्वकपमा भारत र पाकिस्तानबिचको खेलका क्रममा आतंककारी हमलाको धम्की आएकाे छ । विश्वकप सुरु हुनुभन्दा निकैअघि उक्त खेलका क्रममा आतङ्ककारी हमलाको चेतावनी दिइएको हाे ।

धम्कीपछि   न्यु योर्कमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । टी–२० विश्वकपमा भारत र पाकिस्तानबिचको खेल जुन ९ तारिखमा न्यु योर्कको आइसनहोवर पार्कस्थित नसाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा खेलिँदैछ ।

आतंकवादी संगठन आईएसआईएस खोरासनले एक भिडियो सार्वजनिक गर्दै भारत र पाकिस्तानबिचको खेलका क्रममा आक्रमणको चेतावनी दिएको हो । उक्त भिडियोमा खेलका क्रममा ‘लोन उल्फ’ अर्थात् कुनै व्यक्तिलाई प्रयोग गरेर आतङ्ककारी आक्रमण गरिने धम्की दिइएकाे छ ।

 

प्रतिक्रिया