संकटमोचक करन : विश्वकपमा पछि पार्नसक्छन् सन्दीपलाई


काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोली टि–२० विश्वकप क्रिकेट खेल्न अमेरिकामा छ । आईसीसी टी–२० विश्वकप २०२४ मा नेपाल समूह ‘डी’ मा रहेको नेपालले पहिलो खेल ४ जुनमा नेदरल्यान्डस्संग खेल्नेछ ।

दोस्रो खेल ११ जुनमा श्रीलंकासँग ,तेस्रो खेल १४ जुनमा दक्षीण अफ्रिकासंग,चौथो खेल बंगलादेशसंग १६ जुनमा खेल्नेछ । युवा कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीमा सबैभन्दा बढी उमेर भएका खेलाडी हुन करन केसी । हाल उनको उमेर ३२ वर्ष २३४ दिन छ ।

करन केसीको अलराउण्ड प्रर्दशन विश्वकपमा नेपालका लागि महत्वपूर्ण छ । बल र ब्याट दुवैबाट टोलीलाई जित दिलाउनसक्ने क्षमता भएका केसीलाई राष्ट्रिय टोलीमा संकटमोचक को संज्ञा दिइदै आएको छ ।

यसको पछाडीको कारण हो उनले कयौं महत्वपूर्ण खेलमा टोली संकटमा परेको बेला बलिङसंगै ब्याटिङबाट जिताएका छन् ।

उनको बलियो पक्ष भने बलिङ हो । तर आइपर्दा ठुलो सट खेल्ने क्षमता पनि उनीसंग छ । उनलाई हार्ड हिटरका रुपमा पनि चिनिन्छ । इनिङको अन्त्यतिर आएर टोलीको रन गति ब्याटिङमार्फत पनि उनी बढाउन सक्छन् ।

टि–२० अन्तराष्ट्रियमा उनी सन्दीपपछि सर्वाधिक विकेट लिने नेपाली खेलाडी हुन करन केसी । सन्दीपले नेपालका लागि टि–२० मा ५२ खेलमा ९८ विकेट लिएका छन् ।

त्यसपछि करन केसीले ६८ खेलमा ९० विकेट लिएका छन् । सन्दीपभन्दा ८ विकेटले मात्रै पछि रहेका करनले आसन्न विश्वकपमा १० विकेट लिए टि–२० मा १ सय विकेट लिने पहिलो खेलाडी बन्नेछन् ।

सन्दीपको विश्वकप खेल्ने विषय अन्यौलमा रहेकाले जारी विश्वकपमा उनले सन्दीपलाई पछि पार्नसक्ने सम्भावना छ । यसअर्थ यो विश्वकपमा उनलाई मौका छ । उनले नेपालका लागि पावर प्लेमा बलिङ गर्दै आएका छन् । उनको बलिङ इकोनमी ७ दशमलव ८२ छ । जुन टि–२० मा राम्रै मानिन्छ ।

उनको उत्कृष्ट बलिङ फिगर भनेको २१ रन खर्चिएर ५ विकेट लिनु हो । उनले ३ पटक ४ विकेट समेत लिएका छन् । तल्लो क्रममा ब्याटिङ गर्न आएर ठुलो सट प्रहार गर्ने करनले ३८ टि–२० इनिङमा ४ सय १७ रन बनाएका छन् । ३८ इनिङमा उनले २० चौका र ३४ छक्का प्रहार गरेका छन् । उनले स्ट्राइक रेट १५१ भन्दा माथि छ ।

 

प्रतिक्रिया