विश्वकप क्रिकेटको नेपाली टिममा डा. पन्त समावेश


काठमाडौं- आईसीसी टी-२० विश्वकप क्रिकेटका लागि नेपाली टिममा एक जना टिम डाक्टरलाई समावेश गरिएको छ।

डाक्टरनै नलगेर अमेरिका पुगेको टीममा इन्टनरनल मेडिसिनका सिनियर डा. होमनाथ पन्त समावेश गरिएका हुन् । उनी हाल अमेरिकाकै सेन्ट एजनेस हसिप्टल बाल्टीमोरमा कार्यरत रहेका छन् ।

डाक्टर नलगेपछि टिम स्क्वाडका विषयमा चौतर्फी आलोचना भएकाे थियाे ।  त्यसैले नेपाल क्रिकेट संघ क्यानले अमेरिकामै चिकित्सकको व्यवस्था गरेको छ । नेपालबाट गएका चिकित्सकले प्रेस्किप्सन लेख्न नमिल्ने भएकाले अमेरिकामै व्यवस्था गरिएको हाे ।

 

प्रतिक्रिया