
जसपाको पदाधिकारी बैठक बस्दै
काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)को पदाधिकारी बैठक आज बस्दै छ । बैठक बबरमहलस्थित पार्टी कार्यालयमा मंगलबार दिउँसो २ बजे बोलाइएको छ।
बैठकमा पार्टीको संगठनात्मक संरचनाको खाका तयार पार्नेलगायतका विषयमा छलफल हुने जसपा नेता अशोक राईले जनाकारी दिए ।
आगामी बिहीबार बस्ने कार्यकारिणी परिषदको बैठकमा संगठनात्मक खाका प्रस्तुत गर्ने जसपाको तयारी छ ।
नयाँ सत्ता समीकरणमा निर्णायक भूमिकामा देखिएको पार्टी जसपाले सत्तत्रा पक्ष र प्रति पक्ष लगाय अन्य दलहरुसँग सत्तत्रा सकिकरणको विषयमा छलफल गरिरहेका छन् । आजको पदाधिकारी बैठकमा सत्ता समीकरणको विषयमा समेत छलफल हुने अनुमान छ ।



कागजपत्र |
