तीन सचिवको सरुवा, को-कहाँ ?


काठमाडौँ – सरकारले तीन सचिवको सरुवा गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, महालेखा नियन्त्रकको कार्यालय र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिवहरूको सरुवा गरेको हो ।

स्वास्थ्य सचिव मधुसुदन बुर्लाकोटीलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा र  वित्त आयोगका सचिव विनोदप्रकाश सिंहलाई महालेखा नियन्त्रकको कार्यालयमा सरुवा गरिएको छ ।

यसै गरी महालेखा नियन्त्रकको कार्यालयका सचिव हरि प्रसाद मैनालीलाई स्वास्थ्य मन्त्रालयमा सरुवा गरिएको छ ।

प्रतिक्रिया