

राष्ट्रपति पौडेलको स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण स्वीकृत

काठमाडौँ – सरकारले राष्ट्रपति रामचन्द्र पौडेलले स्वीट्जरल्याण्डको भ्रमण कार्यक्रमलाई स्वीकृत गरेको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा जाने कार्यक्रमलाई स्वीकृत गरेको एक मन्त्रीले जानकारी दिए ।
यस्तै, त्यहाँबाट राष्ट्रपति पौडेल जर्मनीको भ्रमणका जाने ती मन्त्रीले बताए । त्यो भ्रमण पनि मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ ।

