अमेरिकी दूतावासले क्रिकेटर लामिछानेलाई फेरि अन्तर्वार्तामा बोलायो


काठमाडौं – टी-२० विश्वकप खेल्न अमेरिका जान क्रिकेटर सन्दीप लामिछानेले दिएको भिसा आवेदन अस्वीकार गरेको अमेरिकी दूतावासले फेरि उनलाई अन्तर्वार्तामा बोलाएको छ । दूतावासले बिहीबार अपराह्न लामिछानेलाई अन्तर्वार्ताका लागि बोलाएको हो ।

बलात्कार मुद्दामा हालै उच्च अदालतबाट सफाइ पाएसँगै सन्दीपलाई नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टिमबाट खेल्न अमेरिका पठाउने प्रक्रिया अघि बढाएको थियो ।

तर दूतावासले अरु खेलाडीको भिसा आवेदन स्वीकार गरे पनि लामिछानेलाई रोक लगाएको थियो । लामिछानेका समर्थकहरूले उनी पनि खेलमा सहभागी बन्न पाउनुपर्ने भन्दै केही दिनयता नाराजुलुस गर्दै आएका छन् ।

बुधबार राप्रपा सांसद ज्ञानेन्द्र शाही, अभियन्ता निकोलस भुसाल लगायतले लामिछानेको भिसाका लागि माइतीघरमा भएको प्रदर्शनको अगुवाइ गरेका थिए ।

दूतावासले भिसा अनुमति दिएमा लामिछानेले तुरुन्तै अमेरिका उड्ने तयारी गरेका छन् ।

 

प्रतिक्रिया