कीर्तिपुर मैदान आसपासमै खेलाडीका लागि आवास बनाउँछौँ : खेलकुदमन्त्री श्रेष्ठ


काठमाडाैं- युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले कीर्तिपुर क्रिकेट मैदान आसपासमै खेलाडीहरूका लागि होस्टलको व्यवस्था गरिने बताएका छन् ।

बिहीबार कीर्तिपुर क्रिकेट मैदानको निरीक्षण एवं अवलोकनका लागि त्यहाँ पुगेका उनले खेल मैदान आसपासको क्षेत्रमा नै खेलाडी आवास निर्माण गर्न होटल व्यवसायी संघसँग आग्रह गर्ने बताए । त्यसले खेलाडीहरुलाई मैदानमा अभ्यास गर्न जान सहज हुने उनको विश्वास छ ।

खेलकुदमन्त्री श्रेष्ठले फ्लड लाइट जडानको कुरा केही प्राविधिक र प्रशासनिक त्रुटिका कारण रोकिरहेको भन्दै आगामी आर्थिक वर्षका लागि २० करोड रुपैयाँ छुट्याइएको बताए । साथै कीर्तिपुर क्रिकेट मैदानमा खानेपानी र शौचालयको समस्या समाधानका लागि पहल गर्ने उनले बताए ।

प्रतिक्रिया