प्रतिनिधि सभा संसद बस्दै, आज पनि शोक प्रस्तावमै सीमित हुने सम्भावना


काठमाडौं – प्रतिनिधिसभा संसदको बैठक मंगलबार बस्ने भएको छ । संसद सचिवालयद्वारा प्रकाशित सम्भावित सूचीअनुसार दिउँसो १ बजे संसद बैठक बस्ने भएको छ ।

अघिल्लो बैठकजस्तै आजको बैठकमा पनि शोक प्रस्ताव पारित गर्ने कार्यसूची छ ।

संसद सचिवालयले प्रकाशित गरेको सम्भावित कार्यसूचीमा पूर्वराज्यमन्त्री तथा २०७० सालको संविधानसभा सदस्यमा निर्वाचित दिनेश चन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित गर्ने उल्लेख छ ।

यादवको २०७७ माघ १ गते निधन भएको थियो ।

 

प्रतिक्रिया