‘मापसे गर्‍यो भनेर सडकमा ठिंग्याएर राख्नु वैयत्तिक अधिकारमाथिको हनन हो’


काठमाडौं- प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले  ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई सडकमा उभ्याउने गृहमन्त्रीस्तरीय निर्णय गलत भएकाे बताएका छन् ।  बिहीबार सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले ट्राफिक नियम उल्लंघन गर्नेलाई कानुनअनुसार मात्र कारबाही हुनुपर्ने बताए ।

मापसे गर्‍यो भनेर सडकमा ठिंग्याएर राख्नु मान्छेको वैयत्तिक अधिकारमाथिको हनन हो । यो बारेमा छलफल अगाडि बढाउनुपर्ने जरुरी हामीले देखेका छौँ । कानुनी राज्य भनेको राणा शासन होइन ‘ उनले भने ।

केही दिनमै राज्य व्यवस्था तथा सुशासन समितिमा यसबारे छलफल हुने  सभापति खतिवडाले बताएका छन् ।

 

प्रतिक्रिया