विकल पौडेललाई थुनामा पठाउने अदालत आदेश


काठमाडौँ – विशेष अदालत काठमाडौँले विकल पौडेललाई थुनामा पठाउने आदेश दिएको छ ।

विशेष अदालतका न्यायाधीश खुशीप्रसाद थारु, तेजनारायण सिंह राई र मुरारिबाबु श्रेष्ठको इजलासले बुधबार पौडेललाई थुनामा पठाउने आदेश दिएको हो ।

अख्तियारले ९ वैशाख, २०८१ मा पौडेलमाथि अमेरिकाको स्थायी आवास अनुमतिपत्र (पीआर) लिएको अवस्थामा त्यसलाई लुकाई नेपालमा सार्वजनिक पदमा नियुक्ति लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा यसअघि पनि दोषी ठहर भएका थिए ।

प्रतिक्रिया