राष्ट्रपतिले आह्वान गरेको सर्वदलीय बैठक आज, समसामयिक विषयमा छलफल हुने


काठमाडौं -राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक बोलाएको बैठक आज बस्दैछ ।

पछिल्ला दिनमा देखिएको राजनीतिक सरगर्मीका साथै आफू चैतको दोस्रो साता बंगलादेश भ्रमणमा जानुअघि राष्ट्रपति कार्यालयले मंगलबारको लागि सर्वदलीय बैठक बोलाएको हो ।

मंगलबार दिउँसो ४ बजेका लागि बोलाइएको बैठकमा पूर्वप्रधानमन्त्री र संसदमा प्रतिनिधित्व गर्ने दलका मुख्य नेतालाई आमन्त्रण गरिएको राष्ट्रपतिका संचार मामिला विज्ञ टीका ढकालले जानकारी दिए ।

समसामयिक राजनीतिक विषयमा छलफल गर्न सबै दलका मुख्य नेताहरुलाई शितल निवासमा बोलाइएको उनले जानकारी दिए ।

 

प्रतिक्रिया