वर्षौंपछि ‘विश्वघस्र’ आउँदै, उतिबेला महाभारत युद्ध, अब के ?


काठमाडाैं- रुस र युक्रेनबीच युद्ध भएको २ वर्षभन्दा बढी भइसकेको छ । तर, अहिले पनि यो युद्ध रोकिएको छैन भने उता हमास र इजरायलबीच लडाईं भएको १ वर्ष बितिसकेको छ । यता चीनले ताइवानमा आक्रमण गर्नसक्ने अवस्था आइरहेको पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताइरहेका छन् ।

यसैबीच ज्योतिषीहरूले याे वर्ष ‘विश्वघस्र’ अर्थात् दुर्योगकाल रहेकाे बताएका छन् । द्वापर युगको महाभारत कालको संयोग फेरि एकपटक बन्दै गइरहेकाे उनीहरूले बताएका हुन् । जसका कारण असारकाे कृष्ण पक्ष १३ दिन(त्रयोदश) को हुनेछ । द्वापर युगकाे महाभारतमा पनि पहिलो १३ दिनको पक्ष बनाइएको थियो । ज्योतिष शास्त्रमा यसलाई दुर्योग काल अर्थात् खराब योग तथा कुसाइत मानिन्छ ।  महाभारत कालको संयोगले प्राकृतिक प्रकोप बढ्ने भय भएकाे बताइकाे छ ।

हिन्दु पञ्चाङ्क अनुसार असार कृष्ण पक्ष असार २३ गतेदेखि साउन ५ गतेसम्म रहने छ । ज्योतिषी दैवज्ञ कृष्ण शास्त्रीका अनुसार यो ठूलो दुर्योग हो । यो दुर्योग काल महाभारत युद्धको पहिलो १३ दिनको समयमा आएको थियो । त्यसबेला ठूलो जनधनको क्षति हुनुका साथै भीषण युद्ध भएकाे थियाे ।

उनका अनुसार यस वर्ष दुर्योगकालका कारण प्रकृतिको प्रकोप बढ्ने सम्भावना रहेको छ ।  यसअघि २०२१ मा भाद्रपद शुक्ल पक्ष १३ दिनको थियो ।  यसभन्दा ११ वर्षअघि २०१० सालमा १३ दिनको वैशाख शुक्ल पक्ष आएको थियो ।

ज्योतिषाचार्य  सञ्जय उपाध्यायले याे अवधिमा यसपटक पनि प्राकृतिक प्रकोपका कारण विश्वभर ठूलो क्षति हुने सम्भावना रहेकाे बताए ।  उनका अनुसार  याे अवधिमा युद्धको अवस्था पनि आउनसक्छ ।

याे १३ दिनको पक्षलाई ज्योतिषीहरूले निम्न श्लाेकबाट व्याख्या गरेका छन्:

“अनेक-युग-सहस्रयण वा दैवयोगथ प्रवर्तते। त्रयोदश दिनातिकः पक्षस्तदा संहर्ते जगत्।।”

अर्थात् धेरै युगहरूमा परमात्माको इच्छाले १३ दिनको पक्ष हुन्छ । १३ दिनको पक्ष भनेको जनतामा देखिएको गम्भीर रोग, अस्तव्यस्त सीमा क्षेत्र, मुद्रास्फीति, देशमा कुनै पनि प्रकारको विद्रोह वा साम्प्रदायिक अवस्था हो । अराजकता, राजनीतिक दलहरूबीचको असमझदारी, विश्वका कतिपय मुलुकमा युद्धको अवस्था, कतिपय मुलुकको विखण्डन, कतिपय भयानक प्राकृतिक प्रकोपले जनजीवन अस्तव्यस्त बनाउँछ ।

“यदा च जायते पक्षस्त्रयोदश दिनतकः।
भवेलोकाक्षयो घोरो रन्दमलयौता महि ।”
किन्च-
“त्रयोदश-दिनह पक्षो भवेदवर्षास्तकान्तरे।
“तडा नगरभंगह स्यात् छत्रभंगो महरघाटा।”

अर्थात्,  त्रयोदश दिनपक्षका कारण देशको सामाजिक–आर्थिक तथा राजनीतिक क्षेत्रमा अशान्ति, जातीय–धार्मिक अशान्ति, कुनै प्रतिष्ठित व्यक्ति (राजनीतिज्ञ) माथि हिंसा वा विछोड हुने सम्भावना रहेको देखिन्छ ।  यो वर्ष ग्रहको गोचर स्थितिले हावाहुरी, पहिरो, भूकम्प, हिमाल फुट्ने जस्ता प्राकृतिक प्रकोपका कारण विपत्ति ल्याउनेछ ।

शुभ कार्यमा रोक 
ज्योतिषाचार्य आशेष समर पाठक क्षयतिथिमा शुभ कार्य नगर्नुपर्ने बताउँछन् । उनका अनुसार कृष्ण पक्षमा अप्रत्याशित दुर्घटना हुने डर हुन्छ । असारको अन्तिम मितीतिर गृह प्रवेश पनि नगर्न उनले सुझाव दिए ।

 

 

 

प्रतिक्रिया