‘व्यापारीको सेटिङमा बजेट आयो’


काठमाडौँ – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आगामी आर्थिक वर्षको बजेट व्यापारीको प्रभावमा परेर आएको बताएका छन् ।

मंगलबार अर्थमन्त्री वर्षमान पुनले संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गरेपछि कांग्रेस प्रवक्ता तथा पूर्वअर्थमन्त्री प्रकाशशरण महतले व्यापारीको सेटिङमा स्याउ, आलु र प्याजमा लगाएको भ्याट हटाइएको आरोप लगाए । उनले भने, ‘व्यापारीको सेटिङको प्रभावमा आलु, प्याज र स्वायमाथिको भ्याट हटाउने काम भयो ।’

यस्तै स्याउ, आलु र प्याजमा लगाएको भ्याट हटाएर स्वदेशी उत्पादन बढ्छ भन्नु सिँधै झुटो कुरा भएको उनको भनाइ छ ।

‘हामीले आन्तरिक उत्पादनमा होइन भन्सारमा कर लगाउने भनेको थियौँ । भन्सारमा भ्याट लगाउँदा बाहिरबाट आउने उत्पादन महँगो हुन्छ र स्वदेशी उत्पादन प्रतिस्पर्धी हुन्छ भनेर लगाइएको थियो । त्यो हटाएपछि आन्तरिक उत्पादनले कसरी प्रतिस्पर्धा गर्छ ,’ महतले भने ।

 

प्रतिक्रिया