बजेट पारित गर्न मन्त्रिपरिषद् बैठक जारी


काठमाडौं- प्रधानमन्त्री एवं मन्त्रिपरिषद‍् कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरू भएको छ ।

बिहान ११ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक दिउँसो २ बजेका लागि सारिएको थियो।  तर, बैठक आधा घण्टा ढिलो सुरू भएको हो ।

बैठकमा आर्थिक वर्ष २०८१/०८२ को बजेट स्वीकृत गर्ने कार्यसूची रहेको जनाइएको छ ।

आज दिउँसो ३ बजे बस्ने संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्नेछन् ।

प्रतिक्रिया