डीडीसीको हेटौँडा वितरण आयोजनाबाट १ करोड हिनामिना


काठमाडौँ – आर्थिक वर्ष २०७९/८० मा दुग्ध विकास संस्थान (डीडीसी) हेटौँडा दुग्ध वितरण आयोजनाबाट १ करोड २० लाख रुपैयाँ बराबर घोटाला भएको छ ।

महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६१औँ वार्षिक प्रतिवेदनले डीडीसीको उक्त भ्रष्टाचार औँल्याएको हो ।

प्रतिवेदन अनुसार दूध तथा दुग्ध पदार्थ बिक्रीबापत एक डिस्ट्रिब्युटरसँग लिनुपर्ने रकम बैंक दाखिला नहुँदा समेत बैंक दाखिला देखाइ नगद हिनामिना गरेको पाइएको हो ।

‘बैंकको विगत वर्षदेखिको हिसाब भिडान गर्दा १ करोड २० लाख घटी दाखिला गरिएको छ । सञ्चालक समितिको २०७८ चैत २८ को निर्णयबाट २०७९ वैशाख १९ मा निज डिस्ट्रिब्युटर विरुद्ध केन्द्रीय अनुसन्धान ब्युरोमा उक्त रकम र ब्याजसहितको क्षतिपूर्ति असुल गर्न जाहेरी दिइएकोमा जिल्ला अदालतमा विचाराधीन रहेको छ,’ प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया