नेपाल पक्षको दबावमा परेको ओलीले गरे प्रचण्डलाई फोन


काठमाडौं – नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटको प्रस्ताव गरेका छन् ।

नेकपा एमाले फूटको संघारमा पूगेको बेला अध्यक्षद्धवयबीच भएको फोनलाई अर्थपूर्ण रुपमा हेरिएको छ । माधवकुमार नेपाल समूहले छुट्टै राष्ट्रिय भेला बोलाएपछि ओली पक्ष केही दबावमा पर्ने समेत देखिएको छ ।

ओलीले आइतबार साँझ प्रचण्डलाई फोन गरेका थिए । उनले प्रचण्डलाई भेट गरौं भनेको उच्च स्रोतले बतायो । तर प्रचण्डले भेटका लागि रुची नदेखाएका स्रोतले बताएको छ ।

सोमबार ओली नेपालबीचमा भएको भेटवार्ता निष्कर्ष बिहिन भएको छ । दूबै पक्षले हाफ्नो अडान कायमै राख्दा वार्ता निष्कर्ष विहिन भएको हो ।

प्रतिक्रिया