ओलीमाथि आधारहीन आरोप लगाएको भन्दै एमालेको आपत्ति


काठमाडौं- नेकपा एमालेले पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई जोडेर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मिथ्या आरोप लगाएको भन्दै सशक्त प्रतिवाद गने चेतावनी दिएको छ ।

सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकपछि बाहिरिनेक्रममा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले कांग्रेसले हुँदै नभएको लान्छना लगाएको भन्दै लिखित रुपमा माफी माग्नुपर्ने बताए । उनले कांग्रेसले माफी नमागे आफूहरु प्रतिवादमा उत्रिने चेतावनी दिए ।

‘पछिल्ला दिनमा नेकपा एमाले र विशेषगरी पार्टी अध्यक्षविरुद्ध प्रायोजित, भ्रामक, प्रतिशोधपूर्ण, आधारहीन लान्छना घोषणा गरिरहेका छन् । सबैभन्दा पहिला कांग्रेसलाई यस्ता लान्छनाबाट पछि हट्न आग्रह गर्न चाहन्छु,’ उनले भने ।

कांग्रेसले गिरीवन्धु टी स्टेट प्रकरणमा ओलीले नीतिगत भ्रष्टाचार गरेको आरोप लगाउदै आएको छ ।

प्रतिक्रिया