सभापति देउवाले बोलाए पदाधिकारी र पूर्वपदाधिकारी बैठक


काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन्।

आज बिहान बालुवाटारमा बसेको बैठकपश्चात कांग्रेसले सभापति देउवा निवास बुढानिलकण्ठमा पदाधिकारी र पूर्वपदाधिकारीलाई दिउँसो १ बजे छलफलका लागि बोलाएको हो ।

आज बालुवाटारमा भएको छलफलका विषय र टीओआरका बारेमा पार्टीभित्र छलफल हुनेछ।

सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछाने मुछिएकाले छानविन समितिको माग गर्दै कांग्रेसले प्रतिनिधि र राष्ट्रिय सभाका बैठक अवरोध गर्दै आएको छ।

कांग्रेसले लामिछानेको नाम नै राखेर संसदीय छानबिन समिति बनाउनुपर्ने अडान लिंदै आएको छ ।

नाम राख्न नसके गोर्खा मिडियाको नाम राख्ने विकल्पमा कांग्रेससहितका नेताहरुका बीचमा छलफल चलिरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता पक्ष र प्रमुख प्रतिपक्षका नेताहरुको बिहान बसेको बैठक विना निष्कर्ष टुंगिएको छ ।

प्रतिक्रिया