सरकार पेलेरै जान्छ भने चुनौतीकाे सामना गर्न कांग्रेस तयार छ : कृष्णप्रसाद सिटौला


काठमाडौं- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रतिपक्षले जनताको आवाज उठाउँदा सरकारले पेलेर जाने भए कांग्रेस चुनौती सामना गर्न तयार रहेको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता सिटौलाले जनताका कुरा उठाउँदा सरकारले प्रतिपक्षलाई पेलेर अगाडि बढे कांग्रेस पनि त्यसको प्रतिकार गर्न तयार नै रहेको बताए ।

‘सरकारले जनताको हितमा काम गरेन, सरकार सिद्धियो । प्रतिपक्षले प्रतिपक्षमा नेपाली कांग्रेसबाहेकका केही दलहरु पनि छन् । प्रतिपक्षले संसद्‌मा जनताका आवाज उठाइरहेको छ । आवाज बुलन्द गरेको छ । सरकारले यसलाई छिटै गम्भीरतापूर्वक लिएर अघि बढ्नुपर्छ । सरकार पेलेरै जान खोज्छ भने पेलेर जाने प्रवृत्तिलाई हामीले त्यो चुनौतीलाई सामना गर्नेछौँ ‘ उनले भने ।

प्रतिक्रिया