गृहमन्त्रीलाई ज्ञानेन्द्रको प्रश्न : छानबिन समिति बनाउन खुट्टा कमाएको हो ?


काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले गृहमन्त्री रवि लामिछानेलाई सहकारी प्रकरणमा निर्दोष हो भने छानबिन समिति बनाउन खुट्टा कमाएको हो ? भन्दै प्रश्न गरेका छन् ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुखसँग समय लिएर बोल्दै उनले संसद्को दाहिनेतिर बस्दा मान्छेको चरित्र एउटा र बायाँतिर बस्दा अर्को चरित्र हुने बताए ।

‘अहिले संसद् संसद् जस्तो भएको छैन । संसद्को दाहिनेतिर बस्दा मान्छेको चरित्र एउटा, बायाँतिर बस्दा अर्को चरित्र हुने रहेछ’, उनले  भने, ‘आज अहिलेसम्म पनि संसद्‍को गतिविधि अघि बढ्न सकेन । यसअघि गृहमन्त्री र प्रधानमन्त्रीले मुटु दह्रो छ भनेका थिए । तीन महिनाअघि मात्रै गृहमन्त्रीले खुट्टा कमाउनु भएन भनेको यहीँबाट हो । तर अहिले उहाँहरूको नाम आएको छ किन छानबिन नभएको हो ?’

उनले गरिब जनताको रकम हिनामिना भएको सहकारी प्रकरणमा छानबिन समिति आवश्यक रहेको बताए ।  ‘मकै पोलेको र सागको मुठा बेचेको पैसा हो उनीहरूको । नेपाली जनतालाई मार्न कसैले पाउँदैन’, उनले भने, ‘गृहमन्त्रीलाई मेरो प्रश्न, मुटु कमाएको हो ? खुट्टा कमाएको हो ? डराएको हो ?’

 

 

प्रतिक्रिया