प्रचण्ड–देउवाबीच भएकाे छलफलमा के कुरा भयाे ?


काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीचकाे भेटवार्ता सकिएको छ ।

देउवा निवास बूढानिलकण्ठमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले सदनमा देखिएको गतिरोध र अहिलेको राजनीतिक गतिरोध अन्त्य गरेर अघि बढ्न अनुरोध गरेका थिए । बैठक सहकारी छानविनको विषयमा नै केन्द्रीत भए पनि निस्कर्षमा नपुगेको परियारले जानकारी दिए ।

परियारका अनुसार प्रधानमन्त्री प्रचण्डले गोर्खा मिडिया नेटवर्कको अध्ययन गर्ने भइसकेपछि रविको नाम नलेख्दा पनि हुँदैन भनेर देउवासँग प्रस्ताव गरेका थिए । तर, आफूहरु यसमा तयार नरहेको उनले बताए ।

कांग्रेसले आज पनि सदनमा आफ्नो विरोध जारी राख्ने सडक प्रदर्शन पनि गर्ने परियारले बताए ।

प्रतिक्रिया