

यो वर्ष सगरमाथा चढ्न गएका ५ जनाको मृत्यु

काठमाडाैं- यस वर्षको सगरमाथा आरोहणका क्रममा अहिलेसम्म पाँच जनाको ज्यान गएको छ ।
पर्यटन विभागले बिहीबार साँझ सार्वजनिक गरेको विवरण अनुसार नेपाली सहयोगी र विदेशी आरोहीहरूको विभिन्न कारणले मृत्यु भएको हो । यस्तै आरोहणका क्रममा तीन जना हराइरहेका छन् ।
ज्यान गुमाएका र हराएका आठ जनामध्ये तीन जना नेपाली र पाँच जना विदेशी नागरिक रहेका पर्यटन विभागका निर्देशक राकेश गुरुङले जानकारी दिए ।
यस वर्ष सगरमाथा आरोहणका लागि चार सय १४ जनाले अनुमति लिएकामा अनुमति लिएका आरोही र उनीहरूका सहयोगीसमेत गरी ५७० जनाभन्दा धेरैले आरोहण गरिसकेका पर्यटन विभागले जनाएको छ ।

