सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा दोषी ठहर भएका इन्जिनियर झुण्डिएको अवस्थामा मृत फेला


काठमाडौं — सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा दोषी ठहर भएको ३ दिन दिनपछि इन्जिनियर नवीनकुमार पोखरेल झुण्डिएको अवस्थामा मृत भेटिएका छन् ।

बिहीबार बिहान भक्तपुरस्थित आफ्नै घरको भर्‍याङमा झुन्डिएको अवस्थामा उनी मृत भेटिएको प्रहरीले जनाएको छ ।

पोखरेललाई विशेष अदालतले दोषी ठहर गर्दै ६ महिना कैद तथा ५ करोड ८४ लाख ५५ हजार एक सय ५९ रूपैयाँ जरिवाना र सो बराबरको बिगो रकम असुलको फैसला सुनाएको थियो ।

घटनास्थलबाट सुसाइड नोट फेला परेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानमा प्रहरीले पोखरेलले आत्महत्या गरेको हुन सक्ने अनुमान छ ।

प्रतिक्रिया