ओली–नेपाल वार्ताका साक्षीहरू


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच एमाले मुख्यालय धुम्बाराहीमा भएको वार्तामा ११ जना सहभागी रहेका छन्।

ओली र नेपालका तर्फबाट वार्ताका साक्षीहरू केन्द्रीय सदस्यलाई बालुवाटारमा चियापानका लागि बोलाइएको अघिल्लो दिन सहभागी भएका हुन्। ओली र नेपाल तीन महिनापछि आमने सामने भएका हुन्।

दुई जनाबीच सहमतिको साक्षीका रुपमा ओलीका तर्फबाट महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, सचिव प्रदिप ज्ञवाली र सुवास नेम्वाङ छन्।

यस्तै नेपाल समूहबाट उपाध्यक्ष भिम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका छन्।

प्रतिक्रिया