१४ लाख बालबालिकालाई आईपीभी खोप लगाइँदै


काठमाडौँ- सरकारले खोप लगाउन छुटेका १४ लाख ६२ हजार ७१२ जना बालबालिका लागि लक्षित गर्दै पोलियो विरुद्धको खोप लगाउने भएको छ । २०७३ वैशाख देखि २०७५ असोज महिनासम्म जन्मिएका १४ लाख ६२ हजार ७१२ जना बालबालिका लागि लक्षित गर्दै खोप अभियान सुरु गर्न लागिएकाे हाे ।

खोप अभियान जेठ १३ गते देखि २६ गतेसम्म सञ्चालन हुने भएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अन्तर्गतको खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार सोही समयमा जन्मिएको बेलामा विश्व बजार मानै आईपीभी खोप अभाव भएको थियो ।

उक्त खोप लगाउन छुटेका बालबालिका पोलियो रोग लाग्ने उच्च जोखिममा रहेको खोप अभियान सुरु गरेको उनले बताए ।

राष्ट्रिय खोप सल्लाहकार समितिको बैठकले अभियानको माध्यबाट एक मात्र आईपीभी खोप लगाउन सिफारिस गरेको हो । खोप सुरक्षित भएकोले ढुक्कसँग लगाउन उनको अनुरोध छ । उक्त बालबालिकालाई पोलियो विरुद्धको ओ पी भी खोपको एक मात्र दिने गरी खोप आपूर्ति गरेको डा।गौतमले जानकारी दिए ।

नेपालले सन् २०१४ मै पोलियो मुक्त राष्ट्रको रूपमा प्रमाणपत्र पाइसकेको छ । तर दक्षिण एसियाली मुलुकहरू पाकिस्तान र अफगानिस्तानमा अहिले पनि पोलियो केश देखिएका कारण नेपालमा जोखिम कायमै रहेकोले खोप अभियान सञ्चालन गर्न लागेको हो ।

 

प्रतिक्रिया