


धुम्बाराहीमा सुरु भयो ओली र नेपालबीचको भेटवार्ता

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बीच छलफल सुरु भएको छ ।
अध्यक्ष ओलीले नेता नेपाललाई भेटका लागि बालुवाटार बोलाए पनि नेपालको पार्टी कार्यालयमा भेटघाट गर्ने जिकिरसँगै पार्टी कार्यालयमा भेट वार्ता गर्ने कार्यक्रम तय भएको हो ।
ओली र नेपालबीच करिब तीन महिनापछि भेट हुन लागेको हो ।
छलफलमा ओलीसहित उनका तर्फबाट ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली र सुवास नेम्वाङ छन् । नेपालतर्फ भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, र रघुजी पन्त सहभागी रहेको जनाइएको छ ।
यसअघि ओलीले बालुवाटारमै लागि आह्वान गरे पनि नेपालले पार्टी कार्यालयमै भेट गर्ने जनाएपछि धुम्बाराहीमै भेटवार्ता सुरु भएको हो ।

