अर्थमन्त्री पुनको सम्पत्ति : एउटा गाडी र रोल्पामा जमिन, ३३ लाख नगद


काठमाडौं – अर्थमन्त्री वर्षमान पुनले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको विवरण अनुसार पुनसँग एनएमबी बैंकमा ३३ लाख ७० हजार ६१८ रुपैयाँ मौज्दात छ ।

उक्त रकम पुनले तलब भत्ता, भ्रमण भत्ता समेतबाट प्राप्त गरेको उल्लेख गरेका छन् । त्यस्तै उनको जन्मथलो रोल्पा नगरपालिका–७ माडीचौरमा ८ सय २० वर्गमिटर पैतृक सम्पत्ति रहेको उल्लेख गरेका छन् ।

त्यस बाहेक पुनसँग एक थान हलुका सवारीसाधन पनि छ, जसलाई उनले पार्टीको सम्पत्ति भनेका छन् ।

प्रतिक्रिया