कैलाश सिरोहियालाई कार्यालयबाटै नियन्त्रणमा लिने तयारी
काठमाडौं — नेपाल प्रहरीले अदालतबाट कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ पूर्जी जारी भएसँगै नियन्त्रणमा लिने तयारी गरेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले सिरोहियालाई नियन्त्रणमा लिनका लागि कान्तिपुर पब्लिकेशनको कार्यालय पुगेको हो ।
सिरोहियालाई पक्राउ गर्नका लागि कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईसहितका प्रहरी अधिकृत पुगेका छन् ।
अपराध अनुसन्धान कार्यालय बाहेक काठमाडौं प्रहरी परिसरका प्रहरी पनि पुगेका छन् ।