पदाधिकारी खारेज गर्ने ओलीको कदम सच्याउनुपर्ने भन्दै वामदेव समूहले बोलायो बैठक


काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले आफ्नो समूहको बैठक बोलाएका छन् । अध्यक्ष केपी शर्मा ओलीले आफू निकट नेताहरुको बैठकबाट एमालेका सवै पदाधिकारी खारेज गरेपछि उपाध्यक्ष गौतमले बैठक बोलाएका हुन् ।

गौतमले ओलीको कदमप्रति आपत्ति जनाउँदै सच्याउनुपर्ने अडान लिएका छन् । पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे निर्णय लिन बैठक बोलाइएको उपध्यक्ष गौतम निकट नेता बाबुराम थापाले बताए ।

गौतम नेतृत्वको एकता अभियानको शनिबार बसेको बैठकले ओलीले एमालेको विधान मिचेर काम गरेको उल्लेख गर्दै ओलीका कदमले कम्युनिस्ट आन्दोलनलाई नै समाप्तिको दिशातर्फ धकेलिरहेको निष्कर्ष निकालेको नेता थापाले जानकारी दिए

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएपछि गौतमले शुरु गरेको राष्ट्रिय एकता अभियानका थापा सचिव हुन् । विभाजित नेकपालाई एक बनाउन गौतमले अभियान चलाइरहेका बेला सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपा एमाले र माओवादी केन्द्र ब्युँताइदिएको छ।

प्रतिक्रिया