माओवादी केन्द्रले ३८ सय केन्द्रीय सदस्य हटाउनुको कारण


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले केन्द्रीय कमिटीलाई खुम्चाएको छ।

चार हजार केन्द्रीय सदस्य रहेको माओवादी केन्द्रले ३८ सयलाई हटाउँदै विभिन्न कमिटीमा समायोजन गर्ने भएको हो। संगठनात्मक सुधारका निम्ति केन्द्रीय कमिटीको सोमबारको बैठकमा यो निर्णय पारित गरिनेछ।

‘पार्टी पूर्ववत अवस्थामा आएपछि अब संगठन सुदृढ र बलियो बनाउनका लागि केन्द्रीय कमिटीको आकार सानो बनाइएको हो, अब छरितो हिसाबमा संगठन पुनर्निमाण हुनेछ’, एक नेताले भने,‘अब कम्युनिस्ट पार्टीका रुपमा परिमार्जित हिसाबले अगाडि बढिनेछ।’

केन्द्रीय कमिटीमा रहेका सदस्यले संगठन निर्माणमा भन्दा पनि अन्य विषयमा बढ्ता ध्यान दिएका कारण त्यसलाई घटाएर पूर्णकालिन जिम्मेवारीसहितको एउटा टोली र अर्कोचाहिँ अल्पकालिन हिसाबले संगठन निर्माणमा खटाउने उसको तयारी छ।

प्रतिक्रिया