
बाजुरामा एक महिलाको विभत्स हत्या
बाजुरा- बाजुरामा एक जना महिलाको विभत्स हत्या भएको छ । बडिमालिका नगरपालिका-६ कोर्ध बस्ने ४५ वर्षीय धौली बडुवालको विभत्स तरिकाले हत्या भएको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ ।
स्थानीय हर्क बडुवालले उनको बलात्कारपछि कुटपिटबाट हत्या भएकाे दाबी गरेका छन् । धौली बडुवाल कोर्ध गाउँबाट २ घण्टा टाढा रहेको बुढाकोर्ध लेकमा गाइबस्तुसँगै गोठ छानामा बस्दै आएकी थिइन् । सोमबार बिहान धौलीकाे शव गोठभित्र आफन्तले फेला पारेका थिए ।
जिल्ला प्रहरी कार्यलय बाजुरा प्रमुख तथा डिएसपी दिलिप कुमार गिरीले भने बलात्कारपछि हत्या हो वा अन्य कुनै कारण हो त्यसको अनुसन्धान भइरहेको बताएका छन् । मृतक धौलीको टाउको र अनुहारमा गम्भिर चोट रहेको छ ।
आफन्तले पोष्टमार्टम भएपनि हत्यारा पत्ता नलाग्दासम्म शव नउठाउने बताएका छन् ।



कागजपत्र |
