विश्वासको मत पाएसँगै प्रचण्ड-ओली भेट


काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिनासाथ प्रमुख सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भेट गरेका छन् ।

सोमबार विश्वासको मत लिनासाथ प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटघाट भएको हो ।

त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले डेढ वर्षको बिचमा चौथोपटक विश्वासको मत लिएका छन् । प्रतिनिधिसभा संसदमा सोमबार प्रतिपक्षीले बहिष्कार गरेको संसद्मा विश्वासको मत लिएका हुन् ।

प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदा कांग्रेससहितका प्रतिपक्षी दलले मतदान बहिष्कार गरेको हो।

प्रधानमन्त्रीले विश्वासको मत लिने पूरै प्रक्रियाभर कांग्रेससहितका विपक्षी दल नाराबाजीमा रहे भने सभामुखले मत विभाजन गर्दा विपक्षीले भोट हालेनन् । जसअनुसार सत्ता पक्षका सांसदले भोट हाल्दा प्रधानन्त्रीको पक्षमा १५७ मत पर्‍यो ।

विश्वासको मतबारे मतदान हुँदा विपक्षमा कुनै मत परेन भने एक सांसद तटस्थ रहे ।

प्रतिक्रिया