एशियामा कोरोनाः १ करोड ३२ लाख बढी संक्रमित, नेपाल एशियाको ११ औं स्थानमा


काठमाडौं – विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण एशिया महादेशमा हालसम्म १ करोड ३२ लाख भन्दा बढी संक्रमित देखिएका छन् ।

पछिल्लो २४ घन्टामा एशिया महादेशमा ७३ हजार २ सय ९ जना संक्रमित थपिएसँगै हालसम्म एशियामा संक्रमितको संख्या १ करोड ३२ लाख २९ हजार १ सय ६८ संक्रमित पुगेका छन् भने कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ लाख ३५ हजार ८ सय १४ पुगेको छ । पछिल्लो २४ घन्टामा १ हजार ४ सय २५ जना संक्रमित थपिएको एशियामा भारतमा मात्र ५ सय ५ जना मृतक थपिएका थिए ।

एशियामा भएका संक्रमितमध्ये ७९ लाख ४५ हजार बढी त भारतमा मात्रै संक्रमित देखिएका छन् भने १ लाख १९ हजार बढीको भारतमा मृत्यु भएको छ । संक्रमित संख्यामा विश्वमै दोस्रो स्थानमा रहेको भारत पछि एशियामा इरान, इराक, बंगलादेश र इन्डोनेशियामा क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं धेरै संक्रमित रहेका छन् ।

त्यस्तै कोरोनाबाट ज्यान गुमाउनेको संख्या पनि भारतमा सबैभन्दा बढी देखिएका छन् । त्यसपछि इरान, इन्डोनेशिया, इराक र टर्कीमा मृतक देखिएका छन् ।

एशियामा नेपाल संक्रमित संख्यामा ११ औं स्थानमा रहेको छ भने कोरोनाबाट ज्यान गुमाउनेको सूचीमा १९ औं स्थानमा रहेको छ ।

एशियामा हालसम्म १ करोड १६ लाख ९२ हजार २ सय ७४ जना संक्रमण मुक्त भइसकेका छन् भने अहिलेको अवस्थामा १३ लाख १ हजार ८० जना सक्रिय संक्रमित रहेका छन् ।

विश्वमा हालसम्म ४ करोड ३७ लाख ७० हजार ५ सय ३७ संक्रमित संख्या रहेका छन् भने ११ लाख ६४ हजार २ सय ३६ जनाको मृत्यु भएको छ । त्यस्तै हालसम्म विश्वभरिमा ३ करोड २१ लाख ७३ हजार ३ सय १४ जना कोरोना मुक्त भइसकेका छन् । 

प्रतिक्रिया