

विश्वमा कोरोनाः संक्रमित संख्या ४ करोड ३७ लाख, ११ लाख ६४ हजारले ज्यान गुमाए

काठमाडौं – विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड ३७ लाख नाघेको छ । पछिल्लो २४ घन्टामा ४ लाख ११ हजार ३ सय ७२ जना नयाँ संक्रमित थपिएसँगै विश्वमा हालसम्म कोरोना संक्रमितको संख्या ४ करोड ३७ लाख ७० हजार ५ सय ३७ पुगेका हुन् ।
त्यस्तै पछिल्लो २४ घन्टामा विश्वमा ५ हजार १ सय १० जना नयाँ संक्रमितको मृत्यु भएसँगै हालसम्म कोरोनाबाट विश्वमा ज्यान गुमाउनेको संख्या ११ लाख ६४ हजार २ सय ३६ पुगेको छ ।
हालसम्म विश्वभरिमा ३ करोड २१ लाख ७३ हजार ३ सय १४ जना कोरोना मुक्त भइसकेका छन् ।

