संसदीय समिति गठनकाे मागमा कांग्रेस अडिग, ‘सभामुखको भूमिका तटस्थ भएन’
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति गठनको मागमा अडिग रहने निर्णय गरेको छ ।
केही बेर अघि बसेको संसदीय दल बैठकले बिहीबारको संसदमा सभामुखको भूमिका तटस्थ र निष्पक्ष नरहेको ठहर समेत गर्यो ।
बैठकपछि पत्रकारसँग बोल्दै कांग्रेस नेता रमेश लेखकले सहकारीको रकम ठगीमा गृहमन्त्री लामिछाने संलग्न रहेको प्रमाण सार्वजनिक भएकोले उनीमाथि छानविनको माग पुनः जोडदार रुपमा राखिएको बताए ।
सरकार नै सहकारी ठगीमा लागेकालाई बचाउन लागिपरेको ठहर कांग्रेसले गरेको उनले जानकारी दिए ।
‘सरकारलाई यस्ता जनहितविरोधि काममा नलाग्न चेतावनी दिएका छौं,’ लेखकले भने ।
कांग्रेसले हिजो वैठक सञ्चालनको विषयलाई लिएर पनि ध्यानाकर्षण भएको जनाएको छ ।