पौडेल र मिश्र सचिवमा बढुवा


काठमाडौं- नेपाल सरकारको रिक्त रहेको दुई सचिव पदमा बढुवा गरेको छ ।

बिहीबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले प्रशासनतर्फ रिक्त सचिव पदमा सहसचिव लोकनाथ पौडेललाई र प्राविधिकतर्फ राजेन्द्रप्रसाद मिश्रलाई बढुवा गरेको हो ।

पौडेल मधेस प्रदेशको कायममुकायम सचिव रहेका थिए भने मिश्र नेपाल कृषि वन सेवा समूहिकरण अन्तर्गत कार्यरत थिए ।

यस्तै  नीति अनुसन्धान विकास प्रतिष्ठानको कार्यकारी अध्यक्ष पदमा प्रा.डा लेखनाथ शर्मालाई नियुक्त गर्ने निर्णय भएको सरकारकी प्रवक्ता समेत रहेकी सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।

प्रतिक्रिया