


न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा खड्का नियुक्त

काठमाडौं- न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा संगीता खड्का नियुक्त भएकी छिन् ।
मन्त्रिपरिषद्को बिहीबार दिउँसो बसेको बैठकले खड्कालाई न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष पदमा नियुक्त गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

