चीन भ्रमण गर्ने पहिलो प्रधानसेनापति धर्मपालवरसिंहको निधन


काठमाडौं- पूर्वप्रधानसेनापति धर्मपालवरसिंह थापाको  निधन भएको छ । बिहीबार बिहान छाउनीस्थित नेपाल सैनिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको नेपाली सेनाले जनाएको छ ।

८५ वर्षीय थापा स्वास्थ्यमा समस्या आएपछि दुई दिनअघि अस्पताल भर्ना भएका थिए ।  उनी २०५२ देखि ०५६ सालसम्म नेपाली सेनाको प्रधानसेनापति बनेका थिए ।

उनी चीन भ्रमण गर्ने पहिलो प्रधानसेनापति हुन् ।

प्रतिक्रिया