

सुकेधाराकाे नालामा पुरूष मृत फेला

काठमाडौं- काठमाडौं महानगरपालिका-४ सुकेधारामा एक पुरूष मृत फेला परेका छन् ।
मंगलबार बिहान सुकेधारा चोकस्थित नालामा खोटाङ हलेसी तुवाचुङ नगरपालिका- ७ घर भई काठमाडौंको चाबहिल बस्ने ४४ वर्षीय भिषण गिरी मृत फेला परेका हुन् ।
प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ । उनको मृत्यु के कसरी भएको भन्ने खुलिसकेको छैन ।
मृतकको शव नालीमा घोप्टो परी लडेको अवस्थामा भेटिएको र निधारमा २ इन्च लामो काटिएको घाए भएको प्रहरीले जनाएको छ । त्यस्तै छातीमा स–साना थोप्ला जस्तो देखिने निलडाम रहेको पनि प्रहरीले जनाएको छ ।
उक्त शव हाल पोष्टमार्टमका लागि टिचिङ अस्पताल लगिएको र घटनाको अनुसन्धान सुरु गरिएको पनि प्रहरीले जनाएको छ ।

