

हवाई उड्डययन क्षेत्रमा थपिँदै नयाँ एयरलाइन्स

काठमाडौं – दुर्गम क्षेत्रमा उडानको लागि नयाँ एयरलाइन्सले आवेदन परेको छ । उक्त आवेदन सँगै नेपालको हवाई उड्डययन क्षेत्रमा आन्तरिक उडानतर्फ नयाँ कम्पनी थपिने भएको छ ।
थप हवाई उड्डयनका लागी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा शिवम् एयरलाइन्सले उडान अनुमतिको लागि आवेदन दिएको हो ।
मन्त्रालयका अनुसार नेपालका पहाडी तथा हिमाली क्षेत्रमा उडानको प्रस्ताव गरेको छ । नयाँ एयरलाइन्सलाई अनुमति दिने वा नदिने भन्ने विषयमा मन्त्रालयले निर्णय गर्ने बताइएको छ ।
हाल दुर्गम क्षेत्रमा तारा एयर, सीता एयर, समिट एयरले उडान गर्दै आएका छन् । बुद्ध एयरले आगमी वर्षभित्र दुर्गममा उडानको लागि नयाँ जहाज भित्र्याउने घोषणा गरिसकेको छ ।

