सर्वोच्च परिसरमै गएर सन्दीप लामिछानेको पक्षमा नाराबाजी गर्ने भुसाल पक्राउ


काठमाडौं- बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको पक्षमा सर्वोच्च अदालत परिसर अगाडि नाराबाजी गरेको आरोपमा निकोलस भुसाल पक्राउ परेका छन् । हिजो सर्वोच्च अदालत अगाडि प्रदर्शन गर्ने क्रममा उनी पक्राउ परेका हुन् ।

भुसाल अहिले पनि प्रहरी हिरासतमै रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।

निकोलसले सन्दीपलाई न्याय दिनुपर्ने भन्दै दबाबमूलक कार्यहरू गर्दै आएका छन् ।

प्रतिक्रिया