

माओवादी केन्द्र बैठकका यस्ता छन् ६ एजेण्डा, नाम फेर्नेदेखि पार्टी एकतासम्म

काठमाडौं – नेकपा माओवादी केन्द्रको पेरिसडाँडामा जारी केन्दीय समिति बैठकमा ६ वटा एजेण्डा पेश भएका छन् ।
जसमा सहिदहरुप्रति श्रद्धाञ्जली, वर्तमान राजनीतिक अवस्थाबारे केन्द्र र प्रदेशको रिपोर्ट पेश, रिपोर्टहरुमाथि छलफल र सुझाव लिने, राष्ट्रिय कार्यकर्ता भेला र विधि एजेण्डा रहेको स्रोतले जनाएको छ ।
विविधमा पार्टीको नाम परिवर्तन र कम्युनिस्ट पार्टीहरुबीचको एकताबारे छलफल गर्ने एजेण्डा तय गरिएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्दै आगामी रणनीति तय गर्ने उक्त पार्टीका नेताहरुले बताएका छन् ।
फागुन २३ गते सर्वोच्च अदालतले नेकपा नामलाई बैधानिकता नदिई एमाले र माओवादी केन्द्र ब्युँताएको बसेको पहिलो केन्द्रीय समिति बैठकले नामको टुंगो लगाउने बताए।

