संसद् अघि एमालेले बोलायो संसदीय दलको बैठक


काठमाडौं – सत्तारुढ नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ ।

एमालेले संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा संसदीय दलको बैठक बोलाएको हो ।

संसदको वर्षे अधिवेशन आजबाट सुरू हुँदैछ। संसद अधिवेशनको पहिलो दिन शुक्रबार शीर्ष नेताहरूले बोल्ने कार्यसूची रहेको छ।

वर्षे अधिवेशनमा सांसदहरुले खेल्ने भूमिकाबारे छलफल हुने बताईएको छ ।

बैठकमा दलका नेता समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र आगामी दिनमा एमाले सांसदहरूले संसद‍्मा खेल्नुपर्ने भूमिकाबारे जानकारी गराउने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया