नेपाल टेलिकमले नयाँ लाइसेन्स पाउँदै


काठमाडौं – सरकारी स्वामित्वकाे दूरसञ्चार सेवाप्रदायक नेपाल टेलिकमले १० वर्षे अवधिका लागि नयाँ इजाजतपत्र (लाइसेन्स) पाउने भएकाे छ ।

तत्कालका लागि नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए)ले शर्त निर्धारण गर्ने गरी लाइसेन्सको अवधि थप गर्ने प्रस्ताव गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।

टेलिकमकाे लाइसेन्स अवधि यही वैशाख २८ गते ( शुक्रबार) बाट सकिने भएकाेले शनिबारदेखि नै टेलिकम दूरसञ्चार सेवाकाे इजाजतपत्रबिहिन हुँदैछ ।

प्रतिक्रिया