३ जना न्यायाधीशहरुको सरुवा, को कहाँ पुगे ?


काठमाडौं – न्याय परिषद्ले तीन जना न्यायाधीशहरुको सरुवा गरेको छ । बिहीबार न्यायपरिषद् बैठकले एक जनाको सरुवा र दुई जनाको काज सरुवा गरेको हो ।

सरुवा भएका न्यायाधीशमा जुम्ला इजलासमा (हाल काज उच्च अदालत सुर्खेत) कार्यरत खडकबहादुर केसी उच्च अदालत पोखराको न्यायाधीशमा सरुवा भएका छन् ।

त्यसैगरी काज सरुवा भएका न्यायाधीशमा उच्च अदालत विराटनगरको उच्च अदालत पोखराको बागलुङ इजलासमा सरुवा भएका छन् ।

उच्च अदालत पोखरा बागलुङ इजलासका न्यायाधीश मदन पोखरेल उच्च अदालत सुर्खेतमा सरुवा भएका छन् । काज सरुवा र न्याय सेवाका दुई सहसचिवहरूको सरुवा र दुई सहसचिवहरूको पदस्थापन भएको छ।

प्रतिक्रिया